Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आकर्षक निकायमा सरुवाको माग गर्दै एक हजार निवेदन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १२, काठमाडौं । निजामती सेवाका सयौं कर्मचारीले यतिखेर आकर्षक निकायमा सरुवा भएर जान ठूलो दौडधु थालेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अन्तरमन्त्रालयस्तरको सरुवाका लागि आवेदन मागेसँगै सयौं कर्मचारी आकर्षक निकायमा जान दौडधुपमा लागेका हुन् ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश कर्मचारीलवे आकर्षक मानिएका संघीय मामिला ताथ स्थानीय विकास, अर्थ, भौतिक पूर्वाधार, गृह, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकायमा सरुवाका लागि सामान्यमा निवेदन दिएका छन् । निवेदन दिनेमा ७० प्रतिशत राजपत्र अनंकित का र बाँकी ३० प्रतिशत अधिकृत र उपसचिवस्तरका छन् ।

हाल सामान्यले विभिन्न मन्त्रालय र निकायमा रहेका कार्यालय सहयोगीदेखि उपसचिवस्तरका कर्मचारीको सरुवा गर्ने तयारी गरेको छ ।

निजामती सेवा एनअनुसार सामान्य प्रशासन मन्त्रालये प्रत्येक वर्षको साउन महिनामा अन्तरमन्त्रालयस्तरका कर्मचारी सरुवा गर्ने गर्छ ।

सोहीअनुसार सामान्यले गत ३ साउनमा अनलाई प्रणलीमार्फत कर्मचारीसँग सरुवाका लागि निवेदन आहृवान गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयकी प्रवक्ता नीता पोखरेल अर्यालले मंगलबारसम्म एक हजारभन्दा बढी कर्मचारीले सरुवा माग गर्दै निवेदन दिएको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार निवेदन दिएकामध्ये ९० प्रतिशतले अर्थमन्त्रालय मातहतका निकायमा सरुवा मागेका छन् । -नयाँ पत्रिका दैनिक