Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ सरकारमा बन्ने मन्त्रीको लिस्ट भारतले दियो, को-को परे ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १२, काठमाडौँ । केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन लागेका मध्ये तीन जनाको नाम मन्त्रीका रुपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । स्रोतका अनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसँगै ती तीनजनालाई मन्त्री बनाउने सहमति भएको छ ।

स्रोतकाअनुसार पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुइले सपथ लिनेछन् । यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुला रुपमा भारतको पक्षपोषण गर्ने निधिले गृह मन्त्रालय पाउनेछन् । माओवादीका तर्फबाट एमालेसँगको समिकरण भत्काएर कांग्रेससँगको समिकरण बनाउन निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ ।

भारतले रुचि राख्ने गरेको अर्को मन्त्रालय परराष्ट्रमा पनि आफूनिकट व्यक्तिलाई ल्याउन तय भइसकेको स्रोतले बतायो । कांग्रेसभित्र सत्ता समीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनीनिकट रहेका डा. शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ । -बुधबार साप्ताहिक