साउन १३, काठमाडौं | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, काठमाडौं | "/>
2026-06-18 01:20 AM
काठमाडौँ - KTM

पार्टीको बैठकमा प्रचण्डले भने,‘यो अन्तिम अवसर हो, प्रभावकारी काम गर्नुपर्छ’

साउन १३, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसरलाई सदुपयोग गर्न पार्टीका लागि अन्तिम अबसर भएको बताएका छन् । 

उनले यसपटक अवसरलाई सकारात्मक रुपमा प्रभावकारी तुल्याउनु पर्ने आवश्यकता भएको बताउँदै नत्र अवसरका रुपमा मात्र सीमित हुने बताएका हुन्। 

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्याल्यको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले सरकार जोगाउन सबै उपाय अबलम्बन गरेपनि असफल भएपछि मार्ग प्रशस्त गरेको बताएका थिए। 

प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीजीले सकेको जति सबै गर्नुभयो केही सीप नलागेपछि मार्ग प्रशस्त गर्नु भएको हो।’

प्रचण्डले संविधान कार्यान्वयन, पुनर्निर्माण र विभिन्न तहको निर्वाचन सम्पन्न गर्न तराई मधेसको माग सम्बोधन लगायतका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताएका थिए। - नेपाल समाचार पत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु