पढ्न करिब 1 मिनेट लाग्छ

साउन १४, काठमाडौं | बुढीगण्डकी जलाशययुक्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको तोकआदेशमा चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाइएको खुलासा भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार १२ सय मेगावाटको यो आयोजना चिनियाँ कम्पनीलई दिन प्रधानमन्त्री ओलीकै तोकआदेशमा प्रक्रिया अघि बढाइएको हो।

स्वदेशी लगानीमै निर्माण गर्ने भनेर चालू वर्षमा ५ अर्ब बजेट छुट्टाइएको र सोही आयोजना निर्माणका लागि बजेट व्यवस्थापन गर्न पेट्रोलियम पदार्थमा ५ प्रतिशत करसमेत लगाइए पनि प्रधानमन्त्रीले अचानक यस्तो प्रस्ताव गरेपछि अन्योल उत्पन्न भएको छ।

बिहीबार संसदको कृषि तथा जलस्रोत समितिकोे बैठकमा ऊर्जासचिव सुमनप्रसद शर्माले प्रधानमन्त्रीले चिनियाँ कम्पनीको तोकआदेश लगाएर मन्त्रालयलाई पठाएपछि यसबारे थप प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘प्रधानमन्त्रीको तोक आदेशआएपछि बुढीगण्डकी बनाउन आशय व्यक्त गर्ने कम्पनीबारे अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासबाट जानकारी माग गरेका हौं,’ उनले भने। – कारोबार दैनिक