साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त माराम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त माराम"/>

2026-06-18 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको लागि मुख मिठ्याउनेहरु को-को छन् ?

साउन १४, काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ ।

मन्त्री पद पड्काउन काँग्रेसभित्र त मारामार नै सुरु भएको छ । त्यसको रोग माओवादीभित्र पनि भित्रिएको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा माओवादीबाट सहभागी भएका एकाध मन्त्रीको बाहेक अन्य मन्त्रीको कार्यशैली जनपक्षीय नभएको, जनताको पक्षका वरको सिन्को पर समेत नसारेको आरोप खेपेका समेत पछिल्लो दिनमा मन्त्री खान ज्यान फालेर लागेका छन् ।

पद तथा अवसर पाएको बेला काम गर्न नसक्ने, सधैँ पद र अवसरको मात्रै खोजीमा लाग्ने प्रवृत्तिमा पोख्त भएकाहरु विभिन्न लोभ प्रलोभन देखाएर हुन्छ कि पार्टी नेतृत्वलाई धम्क्याएर हुन्छ कि वा कसरी हुन्छ जसरी भएपनि मन्त्री पद पड्काउन लागिपरेको छन् ।

भारतीय विद्यालयलाई अनुमति पत्र दिएर माओवादी नेतृत्वलाई बदनाम तुल्याएको आरोप लागेका गिरिराजमणि पाखरेल समेत पुनः आफू मन्त्री बन्न पाउनु पर्छ भन्दै रोइलो सुरु गरेको स्रोतको दावी छ । भारतीय विद्यालयलाई कारवाही गरेर कानुनको दायरामा ल्याउनु त परै जाओस् बिना कुनै आधार अनुमतिपत्र दिएका थिए ।

उनीहरु पेरिसडाँडालाई धम्की दिएर हुन्छ कि, अरु पार्टीमा जान्छु भन्ने धम्की दिएर हुन्छ कि वा के भनेर हुन्छ, जे भन्दा मन्त्री बन्न पाइन्छ, त्यही भनेर मन्त्री पद पड्काउने दाउमा लागेका छन् । उनीहरु संयुक्त रुपमा वा एक्ला एक्लै नेतृत्वसँग भेटेर मन्त्री त हुन पर्यो नी कमरेड भन्दै दबाव दिन सुरु गरेका छन् । अवसर पाउँदा कुनै काम नगर्ने, यस कारणले सकिएन, त्यसो कारणले सकिएन, अवसर प्राप्त भएन,कर्मचारीले काम गर्न दिएनन् भन्ने वाहाना निकालेर फेरि पनि मन्त्री बनाउन अनुनय विनय गर्न थालेका छन् ।

नयाँ बन्ने सरकारमा माओवादीले प्रधानमन्त्री, अर्थमन्त्री, सूचना तथा सञ्चार, ऊर्जालगायतका महत्वपूर्ण मन्त्रालय सम्हाल्ने छ भने काँग्रेसले गृहसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने चर्चा छ । आन्दोलनमा रहेको उपेन्द्र यादव नेतृत्वको फोरम समेत परराष्ट्र मन्त्रालयको नेतृत्व गरेर सरकारमा सहभागी हुने जनाइएको छ ।

नेकपा(संयुक्त)लाई पनि एक मन्त्री पद चिट्ठा पर्ने वाला छ । राप्रपालाई समेत एक मन्त्रालय दिइने बताइएको छ । तर कमल थापासँग एकता गर्न लागेकाले राप्रपा सरकार सहभागी हुन्छ वा हुँदैन तत्काल निर्णय भइसकेको छैन । यस्तै एक सिटे प्रेमबहादुर सिंहको पार्टी निर्वाचन आयोगले खारेज गरिदिएपनि मन्त्रीको आकाक्षी रहेका छन् । तत्काल विजय गच्छदारलाई सरकारमा सहभागी नगराइने भएको छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी