Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सप्तरी घटनापछी भारत पछाडी हट्यो, दशगजामा तटबन्ध नबनाउने सहमति

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, सप्तरी | सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ।

शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको हो।

भारतीय पक्षले बिहीबार एकतर्फी रुपमा दशगजा मिचेर तटबन्ध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथि आक्रमण गरिएको थियो। आक्रोशित नेपालीले भारतीयले बनाएको तटबन्ध भत्काएका थिए। त्यसपछि भएको झडपका क्रममा १२ घाइते भएका छन्। तीन मध्ये ६ जनाको टाउँको फुटेको छ।

बिहीबार अबेर राति त्यहाँबाट भारतीय र नेपाली पक्ष दुवै गएपछि स्थिति सामान्य भएपनि शुक्रबार बिहानैबाट भारतीय पक्षले पुनः तटबन्ध बनाउन थाले। नेताहरु फेरि प्रतिकारमा उत्रेका थिए।

विवादका कारण शुक्रबार साँझसम्म नेपाल–भारत सीमाको कुनौली नाका ठप्प छ। शुक्रबारको बैठकमा तत्काल दशगजामा कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। – कान्तिपुर दैनिक