पढ्न करिब 1 मिनेट लाग्छ

साउन १६, काठमाडौं | एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन्।

पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएको खबर छ।

नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन्। वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले खुलासा गरे।

यसअघि एमाओवादी शान्ति प्रक्रियामा आएलगत्तै दुई पार्टीबीच एकता गर्ने प्रस्तावसमेत आफ्नो पार्टीबाट पारित गराएको उनले दाबी गरे । तर अहिले आएर माओवादी केन्द्र र नेपाली कांग्रेसको सहकार्यमा सरकार बन्ने स्थिति आएकोमा उनले चिन्ता प्रकट गरे ।

माओवादी र एमालेबीचको एकता मोहन वैद्यले भाँडेको उनले आरोप लगाए । - अन्नपूर्ण पोष्ट