पढ्न करिब 1 मिनेट लाग्छ

साउन १६, धुन्चे । स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् ।

सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।

रसुवा सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरुप शनिबार कांग्रेस एमाले, माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी तीनै दलका ६ केन्द्रीय नेता र एक कर्मचारीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानीयको आक्रमणमा परी एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको जानकारी रसुाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले दिए ।

उनका अनुसार एमाले केन्द्रीय सदस्य अर्याल र काँग्रेस महाधिवेशन प्रतिनिधि उपाध्याय गम्भीर घाइते छन् । उनीहरुलाई रसुवा जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि शनिबार राति नै काठमाडौँ पठाइएको छ । अन्यको सदरमुकाम धुन्चेमै उपचार भइरहेको छ । -अन्नपूर्ण पोस्ट दैनिक