Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

के खान सहर पस्छ चितुवा ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १९, काठमाडौं | सदर चिडियाखाना, जावलाखेलमा मंगलबार दिउँसो एउटा चितुवाको पोष्टमार्टम भयो। चन्द्रागिरी नगरपालिका १० बालागाउँमा पसेको चितुवा सोमबार साँझ स्थानीयले मारेपछि जिल्ला वनले त्यसको पोस्टमार्टम गरायो। रिपोर्टमा टाउँको फुटेर मृत्यु भएको देखियो।

यो त एउटा मात्र घटना हो, पछिल्लो समय यस्ता घटना बढिरहेका छन्। पछिल्लो एक महिनाभित्रैै कीर्तिपुर, बानेश्वर र कुलेश्व्रका घरमा चितुवा पसे। यसरी पसेका चितुवा कति समातिन्छन्, कति मारिन्छन् लेखाजोखा नै छैन। राजधानीमा मात्र होइन, पहाडी जिल्लाका सदरमुकाम र गाउँमा सबैतिर यस्ता घटना दोहोरिइरहेका छन्।

सबै घटनाले आम नागरिकमा एउटै प्रश्न उब्जाउँछन्– आखिर किन सहर पस्छन् चितुवा? देहरादुनबाट वन्यजन्तु विज्ञानमा स्नातकोत्तर, अनुसन्धानकर्ता आशिष विष्टले हालैको आफ्नो प्रारम्भीक अध्ययनलाई उद्धृत गर्दै भन्छन्,‘गाउँसहरमा कुकुरको संख्या बढेको छ। जंगलमा आहारा नभेटेपछि चितुवाले के गरोस् त?’

उनले पछिल्लो सात महिनामा  गरेको अध्ययनले पनि त्यही देखाउँछ। – नागरिक दैनिक