Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छोरा भन्दा छोरीको सिकाइ राम्रो !

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, काठमाडौँ | विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो।

केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छोरी (छात्रा) को औसत सिकाइ उपलब्धि राम्रो पाइएको केन्द्रका उपसचिव गोपालप्रसाद भट्टराईले बताए। कक्षा ३ को नेपालीमा छात्रको औसत उपलब्धि अंक ५१ छ भने छात्राको ५४ छ। गणितमा छात्र र छात्राको सिकाइ समान ४५ छ। कक्षा ५ मा नेपालीमा छात्राको सिकाइ उपलब्धि ४८ र छात्रको ४६ मात्रै छ। गणितमा छात्राको ५० र छात्रको ४८ छ।

अंग्रेजीमा दुवैको सिकाइ उपलब्धि ४७ छ। 'लैंगिक दृष्टिले सिकाइ उपलब्धि विश्लेषण गर्दा दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि तुलनात्मक रूपमा बढी देखिन्छ,' एक वर्षअघि भएको परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गर्दै उनले भने, 'यो सकारात्मक हो।'

केन्द्रले कक्षा तीनमा २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयका ३३ हजार आठ सय ६३ विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। त्यसमा १६ हजार नौ सय ३६ छात्रा छन्। त्यस्तै कक्षा पाँचको पनि २३ जिल्लाकै एक हजार पाँच सय ४३ विद्यालयका ४० हजार १५ विद्यार्थीको उपलब्धि परीक्षण गरेको हो। त्यसमा २० हजार ८९ छात्रा छन्। एसएलसीमा परीक्षा दिने छात्रा बढी भए पनि सिकाइ स्तर छात्रकै राम्रो छ। - कान्तिपुर दैनिक