Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘दलालीले कालो कोट बदनाम’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २८, काठमाडौं | प्रधानन्यायाधीश सुशीला कार्कीले कानुन व्यवसायीहरुले पेसागत मर्यादा र निष्ठा छाडेर सम्पतिका लागि मरिहत्ते गर्ने प्रवृत्ति मौलाएका कारण कानुन व्यवसायी पेसा नै बदनाम हुन पुगेको बताएका छन् ।

कार्कीले कतिपय कानुन व्यवसायीहरु मुद्दा लडेका सेवाग्राहीलाई खरानी बनाएर सबै सम्पत्ति लिन उद्यत रहेको भनाई सेमत राखिन्। नेपाल कानुन व्यवयासी परिषदको वार्षिकोत्सवमा बिहीबार कार्कीले कानुन व्यवसायीप्रति यस्तो असन्तुष्टि राखेकी हुन्। कार्यक्रममा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुली, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, बार अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ अधिवक्ता, कानुनका प्राध्यापक, कर्मचारी एवं अन्य लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत सहभागी थिए।

‘कानुन व्यवसायी भएर यस्तो कार्य गर्नु निष्ठामाथिको विचलन हो,’उनले भनिन्। मुद्दा लडेका व्यक्तिलाई सक्षम बनाउनुको साटो सबै सम्पत्ति हडप्ने प्रवृत्तिले कानुन व्यवसायीलाई शोषक र सामन्तजस्तो बनाउने उनले बताइन्।

कतिपय कानुन व्यवसायीले कालो कोटको आवरणमा ग्गा दलालसँग मिलोमतो गर्दै गैरकानुनी रुपमा पैसा आर्जन गरेको तिक्ततासमेत उनले पोखिन्। त्यस्ता व्यवसायीलाई आफूले सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन निर्देशन नै दिनुपरेको भनाइ कार्कीको थियो। – अन्नपूर्ण पोस्ट