पढ्न करिब 1 मिनेट लाग्छ

साउन २९, काठमाडौं | एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर बेरोजगार बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरुलाई एमालेले अझै काम नदिँदा उनीहरु बेरोजगार बनेका हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन । उपाध्यक्षहरु भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् ।

उनीहरुलाई भूगोल वा केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।

यी उपाध्यक्षले काम पाएनन्

एमालेमा अहिले बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्ष छन् । विधानअनुसार महाधिवेशनबाट पाँच उपाध्यक्ष निर्वाचित भएकोमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पद रिक्त छ ।

तर, गत ६ असारमा बसेको स्थायी समिति बैठले पाँच विकास क्षेत्र र १४ अञ्चलको पुरानो संरचना खारेज गरेर प्रदेश संगठन कमिटी बनाउने निर्णय गरेपछि उपाध्यक्षहरु समेत बेरोजगार बनेका हुन् । – नयाँ पत्रिका