पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३१, काठमाडौं | चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको कोटेश्वर–कलंकी सडक निर्माण पूरा हुन अझै एक वर्ष लाग्ने भएको छ। सकड विभागका अनुसार यो सडक अर्को वर्षको भदौमा मात्र पूरा हुनेछ ।

चार वर्षअघि निर्माण सुरु हुँदा गत जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो सडक भूकम्प र नाकाबन्दीको कारण देखाउँदै पूरा गर्ने मिति सारिएको हो। निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माणको काम तीब्र रुपमा अघि बढाइएको सडक विभागले जनाएको छ ।

कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्व्र चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरिँदै छ । नेपालले चाहेको खण्डमा आफूहरु काठमाडौंको पूरै चक्रपथ विस्तार गरिदिने चीनले पहिल्यै बताएको छ । हाल कलंकीमा रहेको आकाशे पुल भत्काएसँगै काम अघि बढ्ने विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए । – कारोबार दैनिक