पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३२, काठमाडौं । व्यवस्थापिका संसदका समितिहरुको वैठकमा अबदेखि सांसदहरुले खाजा-खाना नपाउने भएका छन् ।

संसद सचिवालयले १ भदौदेखि लागूहुनेगरी साँझ विहान बैठक बस्दा उपलव्ध गराउँदै आएको खाना खाज उपलव्ध नगराउने निर्णय गरेको समाचार छ ।

९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिदैँ आएको थियो । सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसेको सचिवालयको बैठकले अवदेखि खाजा खानाको कुपनको साटो बैंठकमा उपस्थित भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भक्ता उपलव्ध गराउने निर्णय गरेको हो ।

संसदिय समिति बैठकमा सहभागी सांसदहरुलाई चार सय रुपैयाँ भत्ता उपलव्ध गराउने निर्णय भएको छ । यसअघि सांसदले समिति बैठकमा सहभागी हुँदा एक सय ५० रुपैयाँ भक्ता र खाजा खानको कुपन पाउँदै आएका थिए । – नयाँ पत्रिका