पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ।

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ।

झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको वाई १२–ई सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो। त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरु अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभूल्लमा छन्। नहुन् पनि किन? निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा वाई १२–ई का प्रशिक्षक पाइलटका रुपमा उडान गर्न योग्य भएका थिए।

तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए। अब निगम व्यवस्थापनका लागि उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ। – नागरिक दैनिक