साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कार"/>
2026-06-19 08:45 AM
काठमाडौँ - KTM

‘गठबन्धन टुट्नुमा एमालेकै पनि कारण’

साउन ३२, काठमाडौँ | एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कारण जोडिएको भन्दै नेताहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्। स्थायी समितिको दुई दिनदेखि जारी बैठकमा बोल्दै नेताहरूले गठबन्धन जोगाउने पर्याप्त पहल नभएको भन्दै आलोचना गरेका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।

सोमबार बोल्ने अधिकांश माधव नेपाल पक्षधर नेताहरूले अन्य शक्तिहरू गठबन्धन भत्काउन सक्रिय रहेका बेला आफ्नो तर्फबाट जोगाउने पर्याप्त पहल गर्न पार्टी चुकेको धारणा राखे। वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायत सोमबार बोलेका थिए। प्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जे निर्णय गर्न सक्ने भए पनि आफ्नो तर्फबाट जोगाउने पहल गर्नु नै बढी बुद्धमानी हुने धारणा उनीहरूको थियो।

‘गठबन्धन टुट्नुमा अन्य शक्तिहरूको भूमिका छ तर यसलाई बुझेर जोगाउन ध्यान दिनुपर्ने थियो,’ नेता नेपालले भने। नयाँ गठबन्धनले संविधान कार्यान्वयन गर्न नसक्ने र मुलुकलाई खतरामा लैजाने सम्भावना रहेको उनको भनाइ थियो।

नयाँ गठबन्धनले निर्वाचन नचाहेको उल्लेख गर्दै त्यसमा विशेष सजग भएर लाग्नुपर्ने धारणा पनि नेताहरूले राखेका थिए। पार्टी संस्थागत ढंगले चल्ने परिपाटीमा समस्या आएको भन्दै नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी