भदौ १, काठमाडौं | सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १, काठमाडौं | सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलक"/>
२०८३, १० जेष्ठ आईतवार
काठमाडौँ - KTM

अर्थसचिवको खान्की ५ तारे होटलबाट, भन्छन ‘म सानोतिनो मान्छे हैन’

२०७३, १ भाद्र बुधबार ०१:००

भदौ १, काठमाडौं | सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब/भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो । यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै यो भन्दा बढी खर्च भएको हुनसक्छ । अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो । 

अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न। कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन्। रेग्मी पनि त्यसै गर्छन्। अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन्। बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ। 

‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने । तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी । कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो । ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ती सहयोगीले भने ।

सहकर्मीसँग सचिवले ‘म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन।’ बारम्बार भन्ने गर्छन्। उनले दोहोर्याउने अर्को कुरा हो–सानो चित्त बनाउनु हुँदैन, हामीले एकाथ लाखको खाएर फरक पर्दैन। बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ। अघिका वर्ष क्यान्टिनकै खाना सबै हुन्थ्यो।  यसपालि द्वारिकाजका साथै कहिलेकाहिँ बबरमहल रिभिजिटेडबाट मगाइएको थियो। सचिवले बजेटसम्बन्धी छलफल पनि धैरै होटलमै गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ