भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्व"/>

2026-06-18 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

2016-08-19

भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्वदेश फर्काउन परराष्ट्र सचिवलाई दिएको निर्देशन होस वा बजार अनुगमनलाई प्रभावकारी बनाउन दिएको निर्देशन नै किन नहोस् प्रधानमन्त्रीले सकारात्मक लक्ष्यका साथ काम कारवाही सुरु गरेका छन् । 

उनले हरेक दिन हरेक घण्टा केही न केही नयाँ काम गर्ने, जुन काम मुलुक र जनताको पक्षमा होस् भन्नेचाहना राखेका छन् । प्रचण्ड बिहान उदाएदेखि मध्यरातसम्म नेपाली जनताको पक्षमा कसरी अगाडि बढ्ने, संविधानलाई कसरी कार्यान्वयनमा लैजाने, संविधानमा असन्त्ुास्टि व्यक्त गर्दै आएका मधेसवादी दललाई कसरी विश्वासमा लिएर अगाडि बढ्ने र राज्य पुनःसंरचनाको कामलाई कसरी चाँडो कार्यान्वयनमा ल्याउने भन्ने पक्षमा लागेका छन् ।

उनले सरकारमा रहेका वा नरहेका सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने र राष्ट्रिय आवश्यकतालाई पूरा गर्दै नेपालको आन्तरिक राष्ट्रिय एकतालाई पूरा गर्ने लक्ष्य राखेका छन् । प्रचण्डले योजनाबद्ध रुपमा सुरु गरेको अभियानका कारण मुलुकमा पछिल्लो दिनमा नयाँ विश्वास र नयाँ चेतनाको विकास समेत भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै तराई मधेसमा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने, घाइते तथा अशक्तलाई निशुल्क उपचार गर्ने तथा जनधनको क्षतिको विषयमा छानबिन समिति बनाउनेलगायतका महत्वपूर्ण निर्णयले नेपाली जनतामा नयाँ विश्वासको सञ्चार भएको छ ।

यस्तै प्रधानमन्त्रीले दलित, कर्णालीका नवजात शिसुको जन्मदर्ता गर्दा रु एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् । यो वर्गप्रति फर्किएको र माओवादीको परिचय दिएको प्रधानमन्त्री प्रचण्ड स्वयमले नै बताएका छन् ।

यस्तै चिकित्सक नपुगेका स्वास्थ्य चौकीमा तीन महिनाभित्र चिकित्सक पुयाउने, गरिबका लागि सरकार भन्ने जस्ता महत्वपूर्ण कार्यक्रम पनि प्रचण्डले अगाडि सारेका छन् । भारत र चीनसँग कुटनीतिक सन्तुलन मिलाएर मुलुक र जनताको हितमा प्रयोग गर्ने लक्ष्यका साथ दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाएका छन् ।

यसले नेपाल कुनै पनि मुलुकको पक्षमा भन्दा पनि नेपालको पक्षमा रहेको छ, नेपाली जनताको हितका लागि काम गर्छ, सबै छिमेकीसँग मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सन्देश दिएको छ । प्रचण्डले दिनरात नेपाली जनताको हितका लागि, उनीहरुको जीवनस्तर सुधार गर्न र सरकार भएको अनुभूति दिलाउन काम गरेका छन् । उनी हालसम्म उक्लै कुदेका छन् ।

एक्लो कुदाईले मात्रै हुन्न , सरकार भनेको सामूहिकता हो, कर्मचारी प्रशासनले काम गर्दैन र सरकारलाई टेर्दैन, त्यसकारणकर्मचारी प्रशासनलाई पूर्ण क्षमतामा चलाउनका लागि प्रचण्डले अझै धेरै काम गर्न जरुरी छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो