भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका च"/>
2026-06-19 04:08 PM
काठमाडौँ - KTM

काभ्रे दुर्घटनामा परेको बसका चालक भन्छन्ः ‘मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगे’

2016-08-20

भदौ ४, काठमाडौं । गत साउन ३१ गते सोमबार काभ्रे कोसीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा ३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन् ।

‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले  सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,’मेरो सोचाइ गलत भयो, बसको अन्तिम स्टप मदनकुँडारी गाविसमा पुगेर स्टार्ट बन्द गर्ने मेरो योजना खहरेखोलाको उकालोमा तुहियो ।’

अलि तल तेर्सो थियो, गियर २ मा चलाएको थिएँ, उकालोमा तान्दैन भनेर १ नम्बर गियरमा राखेँ, उकालो सकिन ३० सेकेन्ड जति बाँकी थियो बसको स्टार्ट बन्द भयो,’ चालक गौतमले भने,’स्टार्ट बन्द हुनेबित्तिकै सह चालक कमल गौतमलाई ओट राख्न भने उनी ओर्लिएर ओट राख्न खोज्दै थिए बस चिप्लिरहृयो ।

‘चिप्लिएको बसमा भएभरको बल लगाएर ब्रेक लगाएँ,’केही सिप लागेन, बसले बल्ड्याङ खायो,’ उनले भने,’ बेहोस भएछु, होसमा आउँदा बीभत्स दृश्य देखेँ, म बाबियोको बोटमा अल्झिएको रहेछु उठ्दा छेउमै ठूलीआमा पर्नेको पेट फुटेको देखेँ, उचालेर यता राखिदिए र सडकमा आएँ ।’

मान्छेहरू कराँदै थिए  । मैले भाइ कमल गौतमलाई भेटेँ । मसँग मोबाइल पनि थिएन । उसैसँग मकैबारीमा गएर साथीलाई फोन गरेर मोटरसाइकल बोलाएँ । त्यो मोटरसाइकलमा त्यही बाटो हुँदै फलाँटे आएँ। हात भाच्चिएको थियो । फलाटेसम्म मोटरसाइकलमा आएर बोलेरो गाडी बोलाएँ, त्यसमै बिएण्डबी आइपुगेँ र भर्ना भएँ,’ उनले भने,’ श्रीमती र आफन्तलाई अस्पतालमा भेटेँ । हाम्रो गाडी हो भनेर  मेरा आफन्तहरू पनि चढेका थिए । दाजुभाइ र आफन्तको पनि निधन भयो। केही घाइते भए अस्पतालमै बसेर नक्कली लाइसेन्सको बारेमा समाचार पढेँ ।’

‘२०६० साल पुस २९ गतृ लिएको ०६२१३४२९ नम्बरको लाइसेन्स दुईपटक नवीकरण गरें । लपछिल्लो समयावधि २०७५ कात्तिक ५ गतेसम्म छ । दुर्घटनापश्चत थुप्रै कुराहरु आए, बाहिर आएका कुराहरुमा थोरै मात्र सत्यता छ, दुर्घटना चाहेर हुँदैन, त्यो बस मेरो आफ्नै हो, मलाई रहर होला र दुर्घटना गराउने ।’

७ महिनाअघि रुटको साढे ९ लाखसहित २७ लाखमा बस किनेका चिन्तामणिका पार्टनर सहचालक कमल गौतम हुन् । -नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो