Skip to content
Friday, July 17, 2026 Nepali Online Media

केपी–वामदेवको सम्बन्ध यसरी बिग्रियो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए ।

त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौ महिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो । माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए ।

गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो । खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।

पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म ओली–गौतमको राजनीतिक धुरी एकै थियो । तर, पार्टी सरकारबाट बाहिरिएपछि गौतम ‘माइनस’मा पर्न थाले ।

तत्कालीन महासचिव नेपाल र ओली दुवैले उपमहासचिवबाट राजीनामा दिन दबाब दिएपछि गौतमले आफ्नो भूमिकाको अवमूल्यन भएको ठान्दै झोक्किएर उपमहासचिव र केन्द्रीय कमिटी सदस्य दुवै पदबाट राजीनामा दिए ।

तर, केन्द्रीय कमिटीबाट दिएको राजीनामा अस्वीकृत, उपमहासचिवको राजीनामा मात्रै स्वीकृत भयो । उपमहासचिव पद खारेजीपछि गौतम पार्टी संस्थापनसित असन्तुष्ट बन्न थालेको जानकारहरू बताउँछन् ।

मदनसँगै बसेर मदिरा पिउँथे केपी–वामदेव

पार्टी विभाजन पहिले दुई नेताबीच हार्दिकतापूर्ण र अनौपचारिक प्रकृतिका सम्बन्ध पनि थिए । दुवै नेता डेरामा बाक्लै आवतजावत गर्थे । ओलीले गौतमलाई आफ्नै डेरामा पनि बोलाउाथे । चौथो र पााचौा महाधिवेशनको बीचमा उनीहरूबीच असाध्यै राम्रो दोस्ती थियो ।

तिनताका मदन भण्डारीसहित केपी र वामदेव सागै बसेर रमाइलोका लागि बेलुकी हल्का मदिरापान गर्दै मजाक पनि गर्थे । कहिले मदनकोमा त कहिले कसकोमा उनीहरू छलफल र रमाइलोका लागि बस्ने गर्थे ।  -नयाँ पत्रिका दैनिक