पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आउँदो ३१ गते नयाँदिल्लीमा द्विपक्षीय औपचारिक वार्ता तय भएको छ ।

सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार हैदरावादहाउसमा भएको भेटवार्तामा उक्त मिति तय भएको नागरिक दैनिकमा समाचार छ ।

भेटवार्तापछि मन्त्री निधिले साँझ बीबीसी नेपाली सेवासँग कुरा गर्दै ‘दाहालले भदौ अन्तिम साता भारतको औपचारिक भ्रमण गर्ने र सोही क्रममा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने’ जानकारी दिए ।

दाहालको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने पनि निधिले जनाए । त्यसपछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जानेछिन् ।

निधि र मोदीबीचको भेटवार्तामा संविधान कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ । मोदीले संविधान संशोधनमा भारतले सघाउने र संविधान संशोधनमार्फत् यसमा रहेका असन्तुष्टि सम्बोधनमा सहयोग गर्ने बचन पनि दिएका छन् ।

भेटमा उपप्रधानमन्त्री निधिले सबै पक्षका अपेक्षा समेटिने गरी संविधान कार्यान्वयन गर्नु नयाँ सरकारको उच्च प्राथमिकता भएको बताएका थिए ।