भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेप"/>
2026-06-20 01:32 AM
काठमाडौँ - KTM

नेपाल एएरलाइन्समा लेजर आक्रमण गर्नेलाई सेनाले समात्यो

भदौ ८, काठमाडौं | बैंककबाट फर्किंदै गरको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी सुरक्षामा खटिएको सेनाले निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्नेमा जडीबुटीमा तरकारी पसल सञ्चालन गर्दै आएका वीरन्द्र थापामगर रहेको जनाएको छ । 

‘१९ वर्षीय तरकारी पसले केटो रहेछ,’ सैनिक स्रोतले भन्यो, ‘पहिलोपटक भएकाले उसले माफी मागेकाले सजग गराउंदै छाडिदियौं ।’ कोटेश्वरस्थित अरनिको राजमार्ग पछाडि जोडिएको विमानस्थलको भीओआर डीएमई उपकरणको सुरक्षामा खटिएको सेनाले घटना भएको भोलिपल्ट ती युवकको पहिचान गरको हो। ती युवकले आफूले जिस्किएर लेजर लाइट चलाएको सेनालाई प्रस्टीकरण दिएका छन् । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले शुक्रबारको उक्त घटनापछि नागरिक उड्डयन प्राधिकरणले नागरिकहरूलाई जागरण गराउन बुधबारदेखि माइकिङ गरिने बताए । ‘धेरलाई एउटा सानो लेजर लाइट अवतरण हुँदै गरको विमानको ककपिटतर्फ लगाउँदा कति हानि पुग्छ भन्ने विषयको हेक्का नै नभएको देखिएकाले माइकिङ गर्ने भएका हौं,’ प्रवक्ता ठाकुरले भने । 

लेजर लाइट आक्रमण बेहोरका निगमका पाइलटका अनुसार लामो समय लेजर लाइट आक्रमण भइरहे जहाज दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । प्राधिकरणले पहिलोपटक रिपोर्टमा आएको यो घटनापछि विमानस्थल आसपासका सर्वसाधारणलाई लक्षित गर्दै चेतनामूलक कार्यक्रम थाल्ने भएको हो ।

बैंककबाट फर्किंदै गरको निगमको विमान ठैंचु नाघेर हात्तीवन माथिको आकाशमा आउंदै गर्दा ककपिटमा विपरीत दिशा (जडीबुटी) बाट विकिरण उत्सर्जन गर्ने लेजर लाइटले करिब ४० सेकेन्डसम्म ककपिटमा आक्रमण गरको थियो । १ सय ४० यात्रु बोकेर आइरहेको विमानलाई अवतरण गराउन खोजिरहेका क्याप्टेनका आँखामा असर परपछि उनीहरूले यो विषयबारे तत्कालै विमानस्थलको एटीसी प्रमुखलाई लिखित उजुरी दिएका थिए । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ