Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिन्डिकेटको बलमा दोब्बर भाडा असुली

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ९, काठमाडौं | सरकारी दर अनुसार काठमाडौंदेखि झापा, बिर्तामोडसम्मको बस भाडा प्रतिव्यक्ति ९ सय ३८ रुपैयाँ हो। तर मंगलबार बिर्तामोडबाट काठमाडौं आएका सुजन काफ्लेले प्रतिव्यक्ति १ हजार ४ सयका दरले तीनजनाको भाडा ४ हजार २ सय रुपैयाँ तिरे ।

साकिरा यातायात प्रालिद्वारा सञ्चालित ‘हायस’ मा बिहान साढे ६ बजे बिर्तामोडबाट हिँडेका काफ्लेले यातायात व्यवस्था विभागले निर्धारण गरेको दरभन्दा ४ सय ६२ रुपैयाँ बढी भाडा बुझाउनु पर्‍यो ।

बनेपा–सिन्धुली–बर्दिबास हुँदै काठमाडौंबाट पूर्व जाने सबै बस व्यवसायी संघ अन्तर्गत संचालित बसले यात्रुसँग सरकारी भडादरभन्दा दुई गुणा सम्म बढी भाडा असुल्दै आएका छन् ।

पूर्व क्षेत्र चल्ने यातायात संघहरुले सिन्डिकेट लाद्न सबै समिति अन्तर्गत सवारीले भाडामा एकरुपता कायम गरी नयाँ भाडा दर निर्धारण गरेका छन्। – नागरिक दैनिक