भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्"/>
2026-06-18 06:00 PM
काठमाडौँ - KTM

ट्राफिक प्रहरी थप्न प्रधानमन्त्रीको निर्देशन

भदौ ९, काठमाडौं | उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्राफिक प्रहरी थप्न निर्देशन दिएका छन् । प्रचण्डले बुधबार आइजिपी उपेन्द्रकान्त अर्याललाई यससम्बन्धी निर्देशन दिएका हुन् ।

ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव भएकाले तत्काल जनशक्ति थपेर ट्राफिक प्रहरी बढाउन निर्देशन दिएका छन् । प्रहरीले भने जनशक्तिका साथै प्रविधिको पनि माग गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार उपत्यकामा मात्र ६ सय ट्राफिक प्रहरी अपुग छ । ‘सवारीको चापअनुसार उपत्यकामा एक हजार आठ सय ट्राफिक प्रहरी आवश्यक छ,’ उनले  भने, ‘तर हामीसँग एक हजार २ सय मात्र कार्यरत छन् ।’

उपत्यका मात्र होइन देशभरि नै ट्राफिक प्रहरीको समस्या छ । पहाडी जिल्लामा सदरमुकाम र मुख्य सडकमा मात्र ट्राफिक प्रहरी खटिँदै आएका छन् । ट्राफिक प्रहरी नभएकाले पनि धेरै स्थानमा सार्वजनिक यातायातको मनपरी चल्ने गरेको छ ।

तत्काल ट्राफिक जनशक्ति थप्न अन्यत्र कार्यरत प्रहरीलाई त्यता खटाउनुपर्ने र अन्य कार्यालयहरूमा पनि जनशक्तिको अभाव रहेको प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ दरबन्दी नै थप्नुपर्ने प्रहरीको भनाइ छ । अघिल्लो सोमबार काभ्रेमा भएको बस दुर्घटनापछि सरकारले नियम पालनामा कडाइ गरेको छ । रुट पर्मिट नलिएका सडकमा सवारीसाधन चलाउन रोकेको छ भने क्षमताभन्दा धेरै यात्रु राख्नसमेत दिएको छैन । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो