Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हरेक दिन एउटा निर्देशन दिन्छन् प्रधानमन्त्री दाहाल

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १०, काठमाडौं | साउन १९ गते प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे ।

सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो ।

त्यसपछि भने प्रधानमन्त्री प्रचणडले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेका छन् । उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।

प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।

प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ ।

माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् । छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ । – राजधानी दैनिक