Skip to content
Friday, July 17, 2026 Nepali Online Media

श्रीलंकामा नेपालीलाई मृत्युदण्ड, सरकारलाई थाहै छैन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १२, काठमाडौं | लागूपदार्थ कारोबार अभियोगमा बर्षौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ ।

पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहको खबर छ ।

श्रीलंकाली लागूऔषध व्यरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका थिए । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालायमा मुद्दा चलाएको छ ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनराबेदन अदालतमा फैसला पुनराबलोकनको लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन ।

त्यस्तै तामाङले पनि आजीवन जेल सजाय पाएका छन् । परराष्ट्रमन्त्रालयका प्रवत्ता भरतराज पौडेलले लामोसमय देखि श्रीलंकामा राजदूत नभएका कारण समस्या भएको बताउँदै राजदूत नियुक्तिसँग उनीहरुको जीवन रक्षाको लागि ठोस पहल गर्ने बताए । – अन्नपूर्ण पोष्ट