भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिन"/>
2026-06-20 01:50 AM
काठमाडौँ - KTM

विदेशका जेलमा ८६३ नेपाली

भदौ १२, काठमाडौं | पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो । त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो ।

नेपाली दूतावासले पठाएको प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलमा एक लाख २० हजार रियाल तिर्नुपर्ने सम्झौता भएपछि एनआरएन साउदीले रकम संकलन सुरू गरेको थियो ।

यसको चौतर्फी चर्चा हुन थालेपछि प्रधानमन्त्री दाहालले खाडीको जेलमा रहेका नेपालीको यथार्थ बुझ्न चाहे । परारष्ट्र सचिव शंकर वैरागीलाई प्रधानमन्त्रीले सोधे- विदेशका कुन देशमा कति नेपाली जेलमा छन् ? त्यसै अनुसार बढी नेपाली जाने देशमा दूतावासले जेलमा रहेका नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।

खाडीको जेलमा श्रम मामलाको विवादसँग जोडिएका नेपाली मात्रै छैनन् । फौजदारी मुद्दाका संवेदनशिल अभियोगमा पनि वर्षौदेखि थुनिएका छन् । खाडीका दूतावासहरूले पछिल्लो समय तयार पारेको प्रतिवेदनअनुसार एक हजारभन्दा बढी नेपाली जेलमा छन् । जसमा ८६३ फौजदारी अभियोगमा जोडिएका छन् । बाँकी करिब दुई सय नेपाली घर फिर्ति केन्द्रमा नेपाल आउने दिनको कुराइमा छन् । – कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ