पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १३, काठमाडौं । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ ।

एक केजीको टुक्रा मात्रै आयत गर्न खरिद बिक्रीमा समस्या भएको भन्दै साने परिमाण्का टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।

अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयत गर्न पाइने व्यवस्था नभएको आजको राजधानी दैनिकमा समाचार छ ।

यस्तो व्यवस्था परिवर्तन गरेर १ सय २ सय ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयत गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।

सानो परिमाणको टुक्रा आयत अनुमतिका लागि राष्ट्र बैंकले वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ ।