Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ओली सरकारले संसदको भत्ता बढायो, प्रचण्ड सरकारले कार्यान्वयन गरेन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १४, काठमाडौं | केपी ओली नेतृत्वको सरकारले सांसदको घरभाडा र सवारी भाडा बढाउने नीतिगत निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् ।

बजेटको निर्णयअनुसार घरभाडाबापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओनसरी घर्तीमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसमेत सुरु गरेको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समयानुकुल घरभाडा रकम बढाउने निर्णय अघिल्लो सरकारले गरे पनि त्यसलाई कार्यान्वयन नगरिदिएपछि सभामुख र कानुनमन्त्रीसँग पुनः छलफल गर्नुपरेको बताए।

संसद भवन बानेश्वरमा सोमबार उक्त ध्यानाकर्षणपछि त्यसबारे तत्काल प्रक्रिया थाल्ने कानुनमन्त्री नायकले प्रतिबद्धता जाहेर गरिसकेका छन् । ०५४ सालमा सांसदको तलबभत्ता १५ हजार हुँदा प्रत्येक सांसदलाई घरभाडा भनेर ६ हजार ५ सय, सवारी यातायात खर्च १ सय ५० र पत्रपत्रिका खरिद ३ सय रुपैयाँको सुविधा दिइएको थियो।

२० वर्षसम्म पनि त्यसमा समयानुकुल परिवर्तन नगर्दा सांसद मर्कामा परेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि कार्यान्वयनमा नल्याइएको चौधरीले बताए। – नागरिक दैनिक