Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रचण्ड सरकारको मन्त्रीद्वारा तडक-भडक, मन्त्री चढेको हेलिकोप्टरले एक बृद्ध घाइते

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १५, काठमाडौं | वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन्। काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँभन्दा बढी खर्च गरेर पुगेका हुन्।

उनी मङ्गलबार दिउँसो साढे एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए। मन्त्री अवतरण हुँन लाग्दा हेलिकप्टरको हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन्। स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ।

एक घन्टा कर्यक्रमस्थल बसेपछि उनी हेलिकप्टरमै गोरखा सदरमुकाम फर्केका थिए। सदरमुकाममा कार्यालय प्रमुखहरूसँग अन्तर्क्रिया गरी उनी अपराह्न काठमाडौं फर्किए।

विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले हेलिकप्टरको खर्च मन्त्री आफैले बेहोरेको बताए। गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिड्दिन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।

अर्का स्थानीयबासी रज्मदिन मियाँले असन्तुष्टि व्यक्त गरे । ‘एक करोड ५५ लाख खर्च गरेर विद्यालय भवन बनाइदिने संस्थाका अध्यक्ष, उपाध्यक्ष सबै गाडीमा आएका छन् । तर मन्त्री एक घण्टा बस्न हेलिकोप्टरमा आउनु भयो’ मियाँले भने, ‘हेलिकोप्टर उडाउने पैसाले मन्त्रीले कुनै गाउँको विद्यालय भवन बनाउन सहयोग गरेको भए राम्रो हुनेथियो ।’ - अन्नपूर्ण पोष्ट