Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दशैंको तीन दिनमध्ये एक दिन नेपाल आउने चिनियाँ राष्ट्रपतिको इच्छा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, काठमाडौं । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दसैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् ।

असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने प्रस्ताव पठाएका हुन् । असोज २२ गते फुलपाती, २३ गते महाअष्टमी र २४ गते महानवमी पर्छ ।

भारतको गोवामा हुने चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्सको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा राष्ट्रपति सीले नेपाल भ्रमण गर्न सक्ने एक मन्त्रीले बताएका हुन् ।

भारतको गोवास्थित पणजीमा असोज २८ र २९ गते बि्रक्स सम्मेलन हुँदैछ । पहिले ब्रिक्स सम्मेलनपछि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भन्ने थियो, अहिले ब्रिक्स सम्मेलन पहिले नै नेपाल भ्रमण गर्ने प्रस्ताव आएको छ,’ एक मन्त्रीले बिहीबार भने ।

ती मन्त्रीका अनुसार चिनियाँ अधिकारीहले आफ्ना राष्ट्रपतिको भ्रमणको मिति प्रस्ताव गरेपछि सरकारले बिहीबार चीनका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लीलामणि पौडेललाई र भारतका लागि नेपाली राजदूतमा दीपकुमार उपाध्ययलाई पठाइने निर्णय गरेको छ ।

नेपालमा दुई दशकपछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो । – अन्नपूर्ण पोष्ट