Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अब एमाले नेता तथा कार्यकर्तालाई स्कुल, पास हुन अनिवार्य

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने गरी एमाले केन्द्रीय स्कुल विभागले नेता–कार्यकर्ताका लागि नियमित स्कुल सुरु गरेको छ।

वार्षिक रूपमा नियमित सञ्चालन गर्ने गरी गत २३ साउनबाट सुरु स्कुलमा ७२ जना परीक्षार्थी ‘दीक्षित’ भएका छन्। युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्तालाई सोमबार महासचिव ईश्वर पोखरेलले दीक्षित गरे। त्यसअघि अनेरास्ववियुका ३८ कार्यकर्ता दीक्षित भएका थिए।

१४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओली स्वयं स्कुल विभागको प्रमुख छन्। तर, नियमित रूपमा सुरु गरिएको स्कुलको नेतृत्व अहिलेलाई उपप्रमुख शंकर पोखरेल र सचिव ईश्वरी रिजालले गरेका छन्।

कम्युनिस्ट पार्टीको स्कुल या प्रशिक्षण भन्नेबित्तिकै ‘फलामे अनुशासन’को पट्यारलाग्दो भन्ने परम्परागत बुझाइ रहे पनि एमालेले सुरु गरेको प्रशिक्षण भने आधुनिक प्रविधिमैत्री, अन्तरक्रियात्मक र व्यक्तिको रुचिमा आधारित विशिष्ट प्रकारको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको तीनतले भवनमा एमालेले कार्यकर्ताका लागि प्रविधिमैत्री प्रशिक्षण चलाएको हो। ‘ल्यापटपबाट पावर प्वाइन्टमार्फत प्रोजेक्टरमा स्लाइड सो गरेर कक्षा सञ्चालन भइरहेको छ,’ केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालले भने, ‘प्रशिक्षार्थीलाई इमेल–इन्टरनेटको सुविधासहित प्रत्येक प्रशिक्षकले अन्तरक्रियासँगै प्रयोगात्मक अभ्यास पनि गराउनुहुन्छ।’

प्रशिक्षक उत्पादन गर्ने स्कुलमा एमालेले कार्यकर्तालाई आधुनिक तरिकाले प्रशिक्षण सीप र कलाको विषयमा समेत ‘स्कुलिङ’ गरिरहेको छ । व्यक्तिका रुचिका आधारमा दर्शन, अर्थशास्त्र, समाजशास्त्रलगायत विशिष्टकृत प्रकृतिको नियमित रूपमा छुट्टै स्कुल चलाउने तयारीसमेत एमालेले गरेको छ। – नयाँ पत्रिका