Skip to content
Friday, July 17, 2026 Nepali Online Media

परिवार नियोजन संघमा ब्रह्मलुट, दाता आगो, सहयोग गुम्ने खतरा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/b9d1107c4c422910f76ec86dbe4095f51472777833.jpg" style="width: 367px; float: left;"><span style="line-height: 1.42857;">भदौ १७, काठमाडौं | नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ। संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमित तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र विधानलाई समेत उल्लंघन गर्दै मनोमानी ढंगले &nbsp;सञ्चालन गर्न थालेपछि संघको अस्तित्व संकटमा परेको खबर आजको नेपाल समाचार पत्र दैनिकमा दीपक रिजालले लेखेका छन्।</span><br></p><p>संघले आफ्ना कार्यक्रम सञ्चालन गर्न कानुनबमोजिम पेश गर्नुपर्ने कागजात पेश नगर्ने, परियोजनाहरू स्वीकृति बिना सञ्चालन गर्ने, कार्यक्रम सञ्चालनपछि अनुमोदन नगर्ने तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरू संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ। जसको कारण १ करोड जनताले प्राप्त गरिरहेको सेवा बन्द हुने अवस्थामा छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्यौलमा परेको छ।&nbsp;</p>