Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यस्ता छन् भारत भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएका बुँदा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं | आगामी भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री प्रचण्डले मन्त्री र सरकारी उच्च पदाधिकारीहरुसँग छलफल गरेका छन्, तर एजेन्डा टूंगो लगाउन बाँकी छ ।

प्रचण्डले भारत पुगेर छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग आइतबार ‘ब्रिफिङ’ लिएका खबर नयाँ पत्रिकासहित अधिकांश दैनिक पत्रिकामा छापिएको छ।

प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बुँदा

·     माथिल्लो कर्णाली, अरूण तेस्रोसहित जलविद्युत आयोजनको अवस्था, यसमा नेपालको धारणा स्पष्ट पार्ने

·     प्रर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी विषयको कार्यान्वयन

·     नौमुरे जलविद्युत योजना निर्माण वा यसको विकल्प खोज्ने प्रस्ताव

·     पञ्चेश्वरको डिपिआरमा अन्तिम निर्णय

·     दुई देशीय लाइन निर्माणको प्रगति

·     हुलाकी सडक निर्माणको अवस्था

·     भूकम्पपीडितको घर पुनर्निर्माणमा भारतीय सहयोगको कार्यान्वयन, थप सहयोग

·     सीमावर्ती क्षेत्रमा भारतले बनाएको बाँधबाट सिर्जित समस्या समाधानका लागि संयुक्त टिम निर्माणसहितका विषय

·     भारतको सहयोगमा बन्ने भनेको प्रहरी एकेडेमी निर्माण