Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यी हुन्, मन्त्री नबनाए आत्महत्याको धम्की दिने माओवादी संसद

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सरकारमा पार्टीको कोटाबाट मन्त्री नियुक्ति गरिसकेका छन् । पार्टीको भागमा परेका ८ मन्त्रीको नियुक्ति गरिसकेकाले अब प्रचण्डसँग चाहेर पनि पार्टीका कुनै सांसद्लाई मन्त्री बनाउने ल्याकत छैन । तर, यो सत्य बुझ्दा–बुझ्दै पनि प्रचण्डसमक्ष मन्त्री पद माग्दै बालुवाटार धाउने क्रम अझै रोकिएको छैन । केही दिनअघि माओवादीका मन्त्रीका अतिश्योक्ति एक आकांक्षीले मन्त्री नबनाए बालुवाटारमै आत्महत्या गर्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिएको चर्चाले माओवादी केन्द्रको हेर्डक्वार्टरका साथै बालुवाटार समेत बेस्सरी गर्माएको छ ।

माओवादीले आफ्नो भागमा परेको मन्त्री नियुक्ति गरिसकेको केही दिनपछि बालुवाटार पुगेर यसरी आत्महत्याको धम्की दिने अरु कोही नभएर सल्यान क्षेत्र नम्बर १ का माओवादी सांसद् टेकबहादुर बस्नेत हुन् । बालुवाटारमा आफ्नो कुरा राख्न पुगेका बस्नेतले ‘रुकुम रोल्पालाई दुईवटा मन्त्री दिने, हामीलाई किन नदिने ?’ भन्दै प्रचण्डसँग गुनासो सुरु गरेका बस्नतेले अन्तिममा रुँदै आत्महत्याको धम्की नै दिएको चर्चा माओवादी सांसद्बीच चलेको छ । ‘महराको पछि लाग्दा पनि कहिल्यै मन्त्री हुन पाइएन । जनार्दन शर्माले त सधैं बाटो छेकिरहे,’ बस्नेतको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘दुई–दुईपटक सभासद् भए पनि मन्त्री बनाइएन । उमेर पनि ढल्कियो, योपटक जसरी पनि मन्त्री बनाउनु पर्छ । होइन भने यही बालुवाटारमा पासो लाएर आत्महत्या गर्छु ।’

बस्नेतको यस्तो धम्कीबाट आश्चर्यचकित भएका प्रचण्डले बनाउन मन भए पनि ठाउँ नभएको भन्दै आफ्नो बाध्यता बुझिदिन र अर्कोपटक पुनर्गठन गर्दा जसरी पनि पार्ने ढाढस दिएका थिए । यद्यपि, उनले अहिल्यै बनाउनुपर्ने, नभए आत्महत्या गर्ने लिडेढिपी गरेपछि प्रचण्डलाई सम्झाउन नै सकस परेको बताइन्छ । काँतर स्वभावका रुपमा चिनिने बस्नेतले माओवादी जनयुद्धकालमा सेना–प्रहरीको निसानामा पर्ने डरले फरिया, चोलो र चष्मा लगाएर हिँड्ने गरेको किस्सा निकालेर अहिले पनि नेता–कार्यकर्ताले हँसिमजाक गर्ने गरेका छन् ।

बस्नेतको छुट्टै भेला

उता, असफल पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत मन्त्रीबाट मुक्त भएसँगै गुटबन्दीमा लागेका छन् । ६ नम्बर प्रदेशको इञ्चार्ज भएका बस्नेतले केही दिनअघि मात्रै टेकबहादुर बस्नेत, खेलकुद मन्त्री दलजीत श्रीपाइलीलगायत नेतालाई पार्टी नीतिविपरीत भेला गरेका छन् ।