Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डेढ दशकपछि प्रचण्ड–ओबामा भेटवार्ता हुँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं | प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेटवार्ता गर्ने भएका छन् ।

काठमाडौं आएकी अमेरिकी सहायक विदेशमन्त्री निसा देखाई विश्वालले प्रचण्ड र ओबामाबीच बेग्लै दुई पक्षीय वार्ता हुने जानकारी दिएकी हुन् । विश्वालले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटेर यो जानकारी दिएकी हुन् ।

‘नेपाल र अमेरिकाको कार्यकारी प्रमुखहरुको तहमा डेढ दशकयता दुईपक्षीय भेटवार्ता भएको छैन, यसपालि राष्ट्रपति ओबामासँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ, यसबारे दुवै पक्षले तयारी गर्नेछन्,’ कुटनीतिक स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्ड ३ देखि १२ असोजम्म न्यूयोर्कमा हुनेछन् । राष्ट्रपति ओबामाले महासभामा हसभागी सरकार–राष्ट्रप्मुखलाई आयोजना गर्ने रिसेप्सनमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन् । – नयाँ पत्रिका दैनिक