पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २०, काठमाडौं । संविधान संशोधनका विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा विभाजनको सँघारमा पुगेको छ ।

संविधान संशोधनका लागि कार्यदल गठनको विषयमा विवाद बढ्दा मोर्चा नै विभाजित हुने अवस्थामा पुगेको हो । आइतबार मधेसी मोर्चासहित बसेको संघीय गठबन्धनको बैठकले संविधान संशोधनका लागि मस्यौदा कमिटी गठन गरेको छ । तर मोर्चामा आवद्ध चार दलले सो निर्णयलाई अस्वीकार गर्दै कमिटी आवश्यक नै नरहेको बताएका आजको राजधानी दैनिकमा समाचार छ ।

संघीय गठबन्धनले संविधान संशोधनका लागि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको स्रयोजकत्वमा ११ सदस्यीय मस्यौदा कमिटी गठन गरेको छ । तर कमिटीका संयोजक रहेका कर्णले आफूलाई सोबारे कुनै जानकारी नभएको भन्दै अस्वीकार गरेका छन् ।

सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि मस्यौदा कमिटीको कुनै आवश्यकता नरहेको भन्दै अस्वीकार गरे । तराईमधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्ऽ लालले ड्राˆटिङ कमिटी गठनबारे आˆनो दललाई जानकारी नभएको बताए ।