Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘बीपीमा थियो राजासँगै टक्कर लिने क्षमता’

By साझासवाल 9 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, काठमाडौं | ‘बी. पी. कोइराला अब धेरै दिन बाँच्न सक्दैनन् भनेर डा. मृगेन्द्रराज पाण्डेले तत्कालीन राजा वीरेन्द्रलाई भनेपछि उपचारका लागि अमेरिका पठाउने निधो भयो। जेलमा रहेका बीपीलाई राजाले बोलाउन पठाएपछि राजा र बीपीबीच भेट भयो।

बीपी राजासँग राजनीतिक कुरा गर्न चाहन्थे। राजाले उपचार गरेर आऊ त्यसपछि अरू कुरा गरौँला भनेछन्।  बीपीले राजनीतिक कुरा उठाएपछि राजा वीरेन्द्र जुरूक्क उठेर ‘मेरो कुरा नसुन्ने म यो देशको राजा हुँ’ भनेछन्।  बीपी पनि जुरुक्क उठेर ‘म पनि यो देशको जनताको नेता हुँ’ भनेपछि बल्ल राजाले बीपीको कुरा सुन्न तयार भएछन्।  यसरी बीपीमा राजासँग सिधै टक्कर लिने क्षमता थियो,’ यी भनाइ हुन् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठका।

नेपाली राजनीतिमा बीपी कोइराला र नेपाली साहित्य क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाबाट परिचित बीपीको शुक्रबार १०२ औँ जन्म जयन्ती, नेपाली काँग्रेस तथा नेपाली साहित्यकारहरूले देश विदेशमा विभिन्न कार्यक्रमसाथ उनलाई सम्झँदैछन्।

पञ्चायती व्यवस्थाविरुद्ध लाग्दा आजीवन काराबास सजाय पाएर १० वर्षसम्म बन्दी जीवन बिताएका प्रजातन्त्र सेनानी श्रेष्ठ भन्छन्, ‘बीपी राणा प्रधानमन्त्रीद्वय पद्मशमशेर र मोहनशमशेरका पालामा दुई पटक जेल परे।  त्यसैगरी, २०१७ सालमा बीपी प्रधानमन्त्री नै हुँदा पुनः जेल परे, त्यसबेला उनले नौवटा माग राखेका थिए, उनको एउटा माग पत्रपत्रिका पढ्न पाउनुपर्ने रहेछ ।  म पनि जेलमा थिएँ, पछि थाहा भयो बीपीको कारण हामीले पनि ‘गोरखापत्र’ पढ्न पायौँ।’

विसं १९७१ साल भदौ २४ गते जन्मिएका बीपीको असाधारण अभिव्यक्ति कला, लेख्य क्षमता, भाषिक ज्ञान र समर्पणभाव अनि दुःखदायी जीवनी पढ्दा जोकोही पनि भावुक हुन्छन्।  राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्न राजनीतिक आन्दोलनमा होमिएका सर्वाधिक लोकप्रिय नेताहरूमा बीपीको नाम अग्रपङ्क्तिमा आउँछ।  बीपी नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र नभएर कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि थिए।

२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा दुई तिहाइभन्दा बढी मत आर्जन गरी पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाको राजासँग टकरावकै कारण २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण भयो र उनीलगायत नेताहरू पनि जेल परे।  आठ वर्ष निरन्तरको जेलजीवनपछि उनी भारत निर्वासित भए।

राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि बीपीको त्यत्तिकै ठूलो योगदान छ ।  साहित्यकार भुवन ढुङ्गाना भन्छन्, ‘बीपी कोइराला गतिशील नेता हुनुन्थ्यो, उहाँले राजनीति गर्नेलाई जत्तिकै साहित्यकारलाई पनि माया गर्नुहुन्थ्यो ।  उहाँ स्रष्टा र द्रष्टा दुवै हुनुहुन्थ्यो ।  नेपाली साहित्य क्षेत्रमा बीपीको योगदानलाई नेपाली साहित्यकारहरूले कहिल्यै भुल्न सक्दैनन् ।  जेलमा बसेर उहाँले नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउनुभयो।’

‘चन्द्रवदन’ विश्वेश्वरप्रसाद कोइरालाको पहिलो नेपाली भाषाको कथा हो ।  ‘कथा कुसुम’, ‘दोषी चस्मा’ ‘श्वेत भैरवी’ कोइरालाका कथा सङ्ग्रहहरू हुन् ।  ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु आमा र छोरा’ कोइरालाका उपन्यास हुन् भने कथा र उपन्यासका साथै कविता, निबन्ध, आत्मवृत्तान्त प्रकाशित छन् ।  कोइरालाका केही निबन्ध र आत्मवृत्तान्त निधनपछि मात्रै प्रकाशित भएका हुन् ।

राष्ट्रपुकारका सम्पादक एवम् पूर्वमन्त्री होमनाथ दाहालका अनुसार, बीपी एकदमै विरोधी खेमाका पत्रकारलाई पनि उत्तिकै सम्मान गर्थे र आफ्ना भनाइ राख्थे। कल्पना, ज्वालाजस्ता पत्रिकामा उनका विचार आइरहन्थे ।  बीपी पत्रकारका लागि सुगम व्यक्तित्व थिए।

देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन पञ्चहरूको जोखिम स्वीकार गर्दै उनी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्किए। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका पक्षमा जीवन समर्पित गरेका बीपी नेपालको राजनीतिमा समर्थन र विरोधको केन्द्रमा रहे।  साथै उनी अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता थिए। जीवनभर जनताका अधिकारका लागि लडेका कोइरालाले क्यान्सरसँग पनि लड्नुपर्‍यो र त्यही रोगबाट उनको २०३९ साउन ६ गते निधन भयो । – गोरखापत्र