पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २५, काठमाडौं । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ ।

मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रमा केही छर्कदैं छन् । ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतर हेरिरहेका छन् । हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ एक जोडी मानव बलि दिइदैँछ ।

पहरी लगातार मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन् । यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भु, सानोभर्याङस्थित घरका अँध्यारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्, बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा ।

घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो– २१ औं शताब्दीमा पनि राजधानीमै सोच्नै नसकिने मानव बलिको अकल्पनीय घटना निम्त्याइँदै थियो ।-नागरिक दैनिक