Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चार नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, काठमाडौं | वाणिज्य मन्त्रालयले कोलकोत्ता र विशाखापट्टम बन्दरगाहाबाट नेपालका ४ मुख्य नाकामा रेलमार्ग जोड्न भारतसँग प्रस्ताव गरेको छ।

रेल सेवा विस्तार गरी बल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएका छन्।

तेस्रो मुलुकबाट हुने सामानको ढुवानी बल्क, कार्गो र रेलवे सेवामार्फत सस्तो हुने भएकाले भारतसमक्ष यस्तो प्रस्ताव पठाएको हो। ‘एक साताअघिपरराष्ट्र मन्त्रालयमार्फत भारतका चार नाकामा रेलवे सेवा जोड्ने र बल्क कार्गोमार्फत ढुवानी गर्ने दुई आशयपत्रको प्रस्ताव गरेका छौ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भने,‘प्रधानमन्त्रीको भारत भ्रमणमा पनि यो विषयलाई एजेन्डा बनाउन आग्रह गरेका छौ।’ – कारोबार