Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बुद्ध एयरमा स्याल ठोक्कियो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ ।

विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको खबर आजको कान्तिपुरमा छापिएको छ। कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो। स्याल घटनास्थलमै मरेको थियो।

गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।

बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।

यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुन: बन्द हुन गयो । का अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘७ बजेर ३१ देखि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भने ।

यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो। कतारको राजधानी दोहाबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुईवटा विमान होल्डमा परेका थिए।