Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तल्लो अरुण पनि भारतलाई सुम्पने तयारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, काठमाडौं | नेपालका आकर्षक र ठूला जलविद्युत आयोजना वर्षौंसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ ।

कुनै विवादित र गोप्य सन्धीसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिबद्वता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले नै भारतलाई एउटा आयोजना दिन सम्बद्व निकायलाई निर्देशन दिएको छ ।

सरकारले बास्केटमा राखी आफैं अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ४०० मेगावट जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले ऊर्जा मन्त्रालयसँग उक्त आयोजनको विस्तृत विवरण माग गरेको छ।

परराष्ट्र सचिव शंकर वैरागीले ऊर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भएपनि दिनै पर्‍यो’ भन्दै तल्लो अरूणको विवरण माग गर्न ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्र गरेका थिए। – अन्नपूर्ण पोष्ट