भदौ ३०, काठमाडौं । दक्षिण सुडान सरकारले राहदानी नबोकी खार्तुन विमानस्थल पुगेका २ सय ३२ नेपाली शान्ति सैनिकलाई काठमाडौंमै फिर्ता गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुडानको राजधानी खार्तुन पुगेका नेपाली शान्ति सैनिकलाई राहदानी नभएपछि त्यहाँको अध्यागमन विभागले विमानस्थलबाटै नेपाल फर्काएको समाचार छ ।

‘राहदानी बिना प्रवेश सम्भव छैन, दक्षिण सुडान अध्यागमनका अधिकारीको भनाइ उदृत गर्दै सैनिक उच्च अधिकारी भनाइ उदृत गर्दै सैनिक स्रोतले भन्यो , त्यसपछि काठमाडौं फिर्ता हुनुको विकल्प थिएन ।’ फिर्ता हुनुअघि सुडानस्थितमिसन हेडक्वार्टरसँग समेत समन्वय भएको थियो ।

तर अध्यागमनका अधिकारीले बिना राहदानी कसैलाई पनि प्रवेश दिन नसकिनेमा अडिग भएको स्रोतले बतायो । शान्ति मिसनका लागि उडेको जहाज सम्बन्धित मुलुकको अध्यागमनले फिर्ता गरेको यो पहिलो पटक हो । – कारोबार दैनिक

राहदानी नेपालमै छुटेपछि सुडानले फर्कायो २ सय ३२ नेपाली शान्ति सैनिक
समाचार सुन्नुहोस्
यो समाचार आवाजमा सुन्न Play थिच्नुहोस्।
समाचार पढिँदैछ…
तपाईंको browser मा समाचार पढ्ने सुविधा उपलब्ध छैन।