पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३०, काठमाडौं | बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ । पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ ।

सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हो । डलर एक साताभित्र नेपाल आइपुग्ने भएको छ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बजारमा नगद डलर अभाव भएपछि पहिलो पटक डलर कार्गो गरेर ल्याउन लागिएको जानकारी दिए । – कारोबार दैनिक