पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, काठमाडौं | कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ ।

गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हैन, आफ्नै मोबाइलबाट । श्रम स्वीकृति र भिसा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट एउटा कम्पनीले यस्तो सुविधा दिइरहेको छ। अरू कम्पनीले पनि चाडै सुरू गर्नेछन्। उनीहरुले विमानस्थल बाहिरबाटै सिमकार्ड बेच्ने छन् ।

‘नेपालमा बिदेशी सिम कार्ड ल्याएर बेच्न सात कम्पनीले अनुमति पाएका छन्,’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने,‘ तर सबैले सेवा सुरू गरिसकेका छैनन् ।’