Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कर्मचारी सरूवामा पैसाको चलखेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज १, काठमाडौं | झन्डै एक महिनाको कसरतपछि सरकारले शुक्रबार गरेको सयौं कर्मचारीको सरूवा विवादमा तानिएको छ। सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ। त्यसका लागि कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयमै गएर सचिव पूर्णचन्द्र भट्टराईलाई घराउ गरेका थिए।<br></p><p>सरकारले शुक्रबार७ सय ९२ जना कर्मचारीको सरुवा गरेको हो। भदौ मसान्तसम्म अन्तर मन्त्रालय कर्मचारी सरूवा गर्नुपर्ने निजामति सेवा नियमावलीको शंशोधित प्रावधान अनुसार सामान्य प्रशासन मन्त्रालयले सयौंको संख्यामा कर्मचारी सरूवा गरेको हो।</p><p>अधिकांश कर्मचारीले भीडभाडसँगै अतिरिक्त कमाइ हुने, पदीय पहुँच र प्रभाव देखाउन पाउने र बजेट परिचालन गर्न पाउने मालदार मन्त्रालय र निकायमा सरूवा हुन सामान्य मन्त्रालयमा प्रयास गरेका थिए। सोही अनुसार राजनीति आस्था, पहुँच र प्रभावका भरमा सयौ कर्मचारीको सरूवा गरिएको कर्मचारी वृत्तमा चर्चा छ।</p>