Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘अदालतको डरले अख्तियार आत्तिएर बार्गेनिङमा आयो’

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौं | सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ ।

अख्तियारले माओवादी सेनाका लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेतालाई३० दिन भित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आरोप लगाएको छ ।

माओवादी केन्द्रका  अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्या नाममा  गएको रकमबारे छानबिन अघि बढाइएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर ल्याउने बताएको थियो ।

‘यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो। यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरूरी छैन। यसलाई बार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्न खोजिँदैछ,’ माओवादी केन्द्रका वरिष्ठ नेता बर्षमान पुनले भने,‘  त्यति बेला शिविर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको थियो। छानबिनका कुरा नियमित हुन्। तर अहिले यो विषय उठाउनु असान्दर्भिक छ। यो आत्तिएको मानसिकताको उपज हो।’ – अन्नपूर्ण