पढ्न करिब 1 मिनेट लाग्छ

असोज ३, रौतहट | एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन् ।

रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका छन् ।

सीप्लस ग्रेडमा एसएलसी उत्तिर्ण प्रदीपको व्यवस्थापन पढ्ने इच्छा थियो । उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान समाज रौतहटको पहलमा फ्लोरिडा कलेज भर्ना भएका थिए । काठमाडौंमा बस्न र खानका लागि समाजले नै व्यवस्था गरेका थियो ।

कलेजले रौतहट र जनकपुरका एक/एक जनालाई निशुल्क पढ्ने व्यवस्था मिलाएको थियो । जनकपुरदेखि एक जना पनि मुसहर विद्यार्थी गएनन् । रौतहटबाट गएका पनि फर्किए । – अन्नपूर्ण पोष्ट