पढ्न करिब 1 मिनेट लाग्छ

असोज ४, काठमाडौं | नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवसीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् ।

बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पिआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पिआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम अफिले प्रक्रिया अगाडि बढाइएको जनाइएको स्रोतले उल्लख गरेको छ । – कान्तिपुर दैनिक