पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/1539fbd24fb846266b855353877c0fa51474331816.jpg" style="float: left;">असोज ४, काठमाडौं | पाँच वटा जलविद्युत कम्पनी र एउटा लघुवित्त संस्थाले प्रारम्भिक सेयर निष्कासन गर्दैछन् ।</p><p>आईपीओ निष्कासन अनुमतिका लागि ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउँछ । ती कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ६० करोड ३० लाख रुपैयाँ बराबरको ६० लाख ३० हजार कित्ता सेयर निष्कासन गर्न लागेका हुन् ।</p><p>सामान्यतया अनुमति पाएको मितिले २ महनिाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।</p><p>हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, आँखुखोला जलविद्युत कम्पनी, अरुण काबेली पावर र छ्याङदी हाइड्रो पावर कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । ती मध्ये अरुण काबेली बाहेक ४ वटा कम्पनीले स्थानीयबासीका लागि सेयर निष्कासन गर्न लागेका हुन् । – कान्तिपुर </p>

